हेल्थ टिप्स

मधुमेहका रोगीले के खाने र के नखाने ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनु भन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ । मधुमेह रोगीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पुयाउनुपर्छ ।

मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हो । मधुमेहीले चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड पटक्कै खान हुँदैन ।

मधुमेहका रोगीले ध्यान दिनुपर्ने कुराहरू

सन्तुलित भोजन खानुहोस् । चिनी, ग्लुकोज आदिबाहेक दैनिक भोजनमा आपूले खाने गरेका कुनै पनि खानेकुराहरू (जस्तै, चामल वा अन्य प्रकारका अनाज, फलफूल, अण्डा, माछा, मासु, विभिन्न थरीका गेडागुडी, दूध तथा दुग्ध पदार्थहरू, चिल्लो पदार्थ, विभिन्न, प्रकारका सागसब्जीहरू सिफारिस गरिएको परिमाण अनुसार मात्र खाने ।

रगतमा हुने ग्लुकोजको मात्रामा तीव्र उतार-चढावका कारण विकृतिहरू छिटो पैदा हुने सम्भावना रहन्छ । तसर्थ रगतमा ग्लुकोजको मात्रा समानुपातिक रूपमा खानुपर्छ । खाजा खान कहिल्यै नछुटाउने, विशेषगरी इन्सुलिन अथवा अन्य औषधि लिइसकेपछि दिनमा कम्तीमा ६ पटक थोरै थोरै खाजा, खाना खानुपर्दछ ।

मधुमेहका रोगीले के खाने

मधुमेह रोगीलाई केही खाने कुरा निश्चित परिमाणमा खादाँ खासै असर गर्दैन । कम खान हुने अन्नहरूमा चामल, गहुँ, मकै, फापर, कोदो, जौ आदि पर्दछन् ।
यसैगरी, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन आदि खान नहुने अन्न अन्तर्गत नै पर्दछ । गेडागुडी (दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) पनि कम खाँदा हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ ।

मधुमेहका रोगीले के नखाने

यसैगरी, मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर आदि खानु मधुमेहीका लागि हानीकारक छ । तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन (डाल्डा, नौनी घ्यू, क्रिम, तर, पुरी, समोसा, चप, पिजा, सेल, फिनी, अर्सा, अनर्सा आदि खानु हुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नुहुँदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

मधुमेह र यसका लक्षणहरु

मधुमेह (Diabetes) र यसको उपचार

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!