जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि
पिनासको कारणहरू, लक्षणहरू र निदान विधि । पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरूहुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन । यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।
पिनासका कारणहरू
१. एलर्जी ।
२. नाकमा मासु पलाउनु ।
३.नाकको हड्डी बाङ्गिनु ।
४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण ।
५. माथिल्लो श्वासमार्गको सङ्क्रमण ।
६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।
७. ब्याक्टेरिया : स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलो कोकस अरिएस ।
८. ढुसीको सङ्क्रमण : कमजोर प्रतिरक्षा प्रणाली, जस्तै ः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।
९. रसायनहरूको गन्ध : तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउदछ ।
पिनासका लक्षणहरू
१. रुघा लाग्नु ।
२. टाउको भारी भएर दुख्नु ।
३. पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु ।
४. स्वर परिवर्तित हुनु ।
५. नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु ।
६. दाँत दुख्नु ।
७. गन्धग्रहण शक्ति कमजोर हुने ।
८. स्वाद ग्रहण शक्ति कमजोर हुने ।
९. आउने ।
१०. बेचैनी बढ्नु ।
११. नाक बुझिनु ।
१२. नाकबाट सिंगान बग्नु ।
१३. घाँटी खसखसाउनु ।
१४. थकान ।
१५. श्वास गन्हाउने ।
१७. हाच्छुयु आउने ।
१८. अनुहार सुन्निने ।
पिनासको निदान विधि
१. रोगको इतिहासः पिनास हुँदा टाउको दुख्ने र रुघा लाग्ने लक्षणहरूबाट सुरु हुन्छ । अन्य प्रकारको रुघा लाग्दा सामान्यतया ७ दिनको पुरै समय लिएर ठिक हुन्छ तर पिनास हुँदा रुघा एक दुइदिन पछि नै रोकिन्छ र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरू प्रयजसो रुघाखोकी फ्लू दम, श्वास प्रश्वास प्रणालीको जिर्ण रोगहरू, माइग्रेन, राइनाइटीस, आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरूबाट ठिकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरूका साथसाथै पिनास ग्रन्थी वरिपरि दबाउँदा असाध्यै पिडा हुन्छ ।
२. एक्स–रे : एक्स–रे गरेर पिनास ग्रन्थीमा कफ जमे नजमेको पत्ता लगाउन सकिन्छ ।
३. सिटी स्क्यान : सिटी स्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ ।
४. एमआरआई : यो सिटी स्क्यान र एक्स–रे भन्दा पनि उत्तम खालको निधान पद्दति हो ।
*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।
यो पनि पढनुहोस्