विज्ञान

ब्रह्माण्डको रचना

ब्रह्माण्डको रचना । परम पिता परमेश्वर परमात्माले सूक्ष्म आकाश, आकाशद्वारा वायु, वायुद्वारा प्रकाश, प्रकाश(शूर्य) द्वारा पानी, पानीबाट पृथ्वी, पृथ्वीद्वारा वनस्पति, वनस्पतिबाट अन्न, अन्नद्वारा प्राणीको उत्पति गराएको देखिन्छ । प्रकृतिको रचनामा मानव शरीर एउटा विचित्रको यत्र देखिन्छ ।

पन्चतत्वद्वारा संसारको रचना भएको छ भने त्यही तत्वद्वारा मानव शरीरको रचना भएको छ । परमात्माको अँश नै जीवनी शक्तिको रूपमा मानव शरीरमा स्थापित भएको छ । यदि हामीले यो शरीरलाई गलत तरिकाले प्रयोग गर्छौ भने हामी बिरामी पर्न थाल्नेछौं ।

जब हामी विरामी हुन थाल्छौं त्यति बेला प्राकृतिकको नियम नमानेर विदेशी औषधिको चक्करमा पर्नाले परमात्माद्वारा निर्मित शरीरलाई भित्रदेखि खोक्रो बनाउन थाल्छौं । आज हाम्रो वरीपरि अनेकौं यस्ता प्राकृतिकले मानव रक्षा गर्नाका निमित्त औषधि दिएको छ तर प्रयोग गर्न नजान्नाले हामी पछि परेका छौं ।

यही कारणले गर्दा जीवनशक्ति क्षीण हुनाले सदाका लागि हामीले यो शरीरलाई त्याग्दछौं । यदि हामीले हाम्रो शरीर रचनाको बारेमा गहिरो अध्यन गर्छौ भने यस्तो शरीर बनाउन असम्भव देखिन्छ । मानव शरीरको प्रमुख अंगहरूमा Nervous System, Ventilation, Spinal Cord र Electrical Switch Board बनाउने कल्पना कसैले गर्न सकेको छैन ।

कहिलेकाही हाम्रो सानो लापरबाहीको कारण कुनै हड्डी भाँचिएको हुन्छ । भाँचिएको हड्डीलाई पलास्टर लगाएर राख्छौ र हड्डी एक आपसमा जोडेको हुन्छ । यहाँ बाँधिएको मात्र हुन्छ तर हड्डी जोड्ने काम हाम्रो शरीरले नै निर्माण गरेको हुन्छ । शरीरमा जब रोग लाग्छ रोग लाग्नुको प्रमुख कारण भनेको प्रकृतिको देन होइन यो हाम्रो लापरबाहीको कारणले गर्दा भएको हुन्छ ।

जुन पन्चतत्वले प्रकृति बनेको छ त्यही पन्चतत्वले यो शरीर बनाएको छ । हामीले माथि नै भनी सकेका छौं । जब कहिलेकाहीँ कुनै तत्वको अभावमा कुनै शरीरमा रोग लाग्छ त्यो तत्वको आपूर्ती हामीले प्रकृतिले दिएको तत्वबाटै गर्न सके ठूलो उपलब्धि हुनेछ तर जब हामीले प्रकृतिको नियमलाई पालना गर्न सकेनौं भने ठूलो दुखको सामना गर्नुपर्ने हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

ब्रह्माण्ड (Universe) भनेको के हो ?

लामपुछ्रे ताराहरू (Comets) भनेका के हुन् ?

ॐ० उच्चारण र सृष्टिको अनुकम्पनको सम्वन्ध

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु के कस्ता रहेका छन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply