स्वास्थ्य

मांशाहार र मानव स्वास्थ्यको सम्वन्ध

मांशाहार र मानव स्वास्थ्यको सम्वन्ध । संसारभर प्रत्येक वर्ष १ करोड पचहत्तर लाख मान्छे तथा मुटु तथा रक्तनलीको रोगले गर्दा मारिने गर्दछन् । जुन बैश्वीक मृत्युको ३१% हो । यसरी संसारभरी प्रतिवर्ष धेरै मान्छे मार्ने रोगको मुख्य कारण मांशाहार पर्दछ । मांशाहार उव्म् सिचुरेटेड चिल्लोको प्रयोग एक्लै मुटुरोगको ४०% रिस्क हो । डा.डिन अनिस (जो अमेरिकाका मुटुरोग विशेषज्ञ हुन्)ले मुटुरोगबाट बच्न र लागेको मुटुरोगलाई विना औषधी र अपरेशन उल्ट्याउन पूर्ण शाकाहार अपनाउनुपर्ने तथ्य पत्ता लगाएका हुन् ।

हार्वार्ड स्कूल अफ पब्लिक हेल्थले सन् २०१२ मा गरेको अनुसन्धानमा जनाए अनुसार रातो मासुको उपभोग नगर्ने जनसमुदाय भन्दा उपयोग गर्ने सामान्य जनसमुदायको मृत्युदर ७–१९% ले बढेर गएको तथ्य पत्ता लगाए र मृत्युको कारकक रोगमा मांशाहारले उत्पान्न क्यान्सर र मुटुरोग थिए । त्यसैगरी हार्वाड स्कूल अफ पब्लिक हेल्थमै गरिएको अर्काे अनुसन्धानले प्रशोधित वा अप्रशोधित मासु खानेहरुलाई टाइप २ मधुमेह हुने तथ्य पत्ता लगाएका छन् । यसै अनुसन्धानमा एकटाइमको मासु हटाएर गेडागुडी र फलफूल खुवाउँदा मात्रै पनि यो रोग लाग्ने खतरा १७–३५% ले कमी भएको पाइयो । चाल लाख मान्छेहरु माथि २०१३मा गरिएको अध्ययनले प्रशोधित मासु खानेहरुमा मुटुरोग र क्यान्सर लागेर चाँडै मृत्यु हुने खतरा भएको पाइयो । त्यसैगरी २००७ मा अमेरिकी मेरिल्याण्डमा नेशनल इन्स्टीट्युट अफ हेल्थले अमन्दाक्रसको अगुवाईमा गरेको अनुसन्धानले रातो र प्रशोधित दुवै खाले मासुको सेवनको ठूलो आन्द्रा, फोक्सो, अन्ननलि र कलेजोको क्यान्सर संग घनिष्ठ सम्बन्ध भएको पाइयो ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

कागती पानी पिउनुका फाइदाहारू

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!