मुख्य समाचारसमाचार

काठमाडौंमा गयो ४ रेक्टर स्केलको भूकम्प

४ फागुन, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख  लोक विजय अधिकारीका अनुसार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको साइन्स इन्फोटेकलाई जानकारी दिए।

भूकम्पको धक्काले गर्दा सर्वसाधारणहरु खुल्ला ठाउँमा निस्किएका थिए । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्प २०७२ सालमा महाभूकम्प कै पराकम्पन भएको समेत केन्द्रले बताएको छ । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!