नुन : कति गुण कति वैगुण
नुन स्वादको पर्याय हो । नुन विनाका परिकार सवै खल्लो विलिनो र निस्वाद लाग्दछन । स्वादको हिसावले मात्र हैन नुनु स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण यौगीक हो तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि अत्यन्त हानीकारक सावित हुन सक्छ । नुनको महत्व कति छ भनेर आकलन गर्न कहिलेकाही व्रत, उपवास वस्दा वा आशोच – जुठो बार्दा गरिएको नुुन त्याग पछिको भोगाई सवैको मस्तिष्कमा अनुभूत ताजा हुन सक्छ ।
यसर्थ नुन हाम्रो हाम्रो लागि नभइ नहुने यौगीक हो तर नुनको अनुचित प्रयोगले हाम्रो स्वास्थ्यको लागि प्रत्युत्पादक हुन सक्दछ किनकि धरै नुनको सेवनले रक्तचाप बढ्ने मुटुरोग लाग्ने, शरीर सुन्नीने जस्ता समस्याहरू हुनसन्छ भने कम नुनको सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांशपेशी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्याहरु हुन सक्छन ।
यो पनि पढ्नुहोस्
जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु
स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु
कुन कुन तरकारीहरु खाँदा के के हुन्छ फाइदाहरु ?
केहो नुन ?
नुन सोडीयम र क्लोरीन नमका दुई तत्वहरूले बनेको लवण हो। हामीले खाने नुनमा ४० प्रतिशत सोडीयम र ६० प्रतिशत हिसा क्लोराइडको छ । सोडियम हाम्रो शरीरलाई नभै नहुने तत्व हो र शरीरलाई चाहीने सोडीयमको मुख्य अंशको पुर्ती पनि नुनबाट नै हुन्छ । आयुर्वेदमा पाँच प्रकारका नुनहरू सिन्धब लवण, वीड लवण, समुन्द्र लवण सौर्वाचल लवण र सम्बर लवणको वर्णन गरिएको छ । सोडीयम र क्लोरीनका अलावा नुनमा क्यालसीयम पोटासियम, फलाम, जस्ता आयोडीन जस्ता धातुहरु पनि पाइने गर्दछन ।
नुन हाम्रो शरीरलाई अत्मावश्यक खनिज हो । नुनमा विद्यमान सोडीयमले हाम्रो शरीरका कोषहरुको बाहिरी भागमा अवश्थित तरल पदार्थ (Extra cellular fluid) को अस्मोटीक प्रेसरलाई सन्तुलित राखी शरीरमा पानीको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ । यसै गरी सोडीयमले कोष भित्रको अन्तरकोषीय पानी सन्तुलित राख्न पनि सहयोग गर्दछ । नुनमा रहेको सोडीयमले स्नयूहरूलाई उत्तेजीत हुन सहयोग गर्दछ भने अम्ल र क्षारको सन्तुलन कायम गर्न पनि मद्दत गर्दछ । यसै गरी कोषको स्थिर विद्युत विभव (Resting Membrane Potential) र कार्यगत विद्युत विभव (Action Potential) उत्पन्न हुनका लागि पनि सोडियमको आवश्यक पर्दछ । यसै गरि नुनमा विद्यमान क्लोरिनले पनि शरीरमा हाइड्रोक्लोरिक अम्ल बनाउन मद्दत गर्दछ ।
उत्पादन
नुन मुख्यत खानी खनेर र समुन्द्रको नुनीलो पानीलाई सुकाएर जम्मा भएको अवसाद बटुलेर तैयार गर्ने गरिन्छ । खानी खनेर निकालिएको नुनालई सिधे नुन, वा हिमालयन पिंङ्क साल्ट भनिन्छ भने समुन्द्रबाट निकालिएको नुनलाई समुन्द्रीक लवण भनिन्छ ।
नुनको मात्रा
वयस्क व्याक्तिले दैनिक ५ ग्राम नुन भन्दा कम लिनु पर्दछ भने केटा केटी हरुले १.२ ग्राम भन्दा ज्यादा लिनु हुदैन । अझ सोडीयमको मात्रामा भन्नुपर्दा दैनिक १५०० मि.ग्रा सोडीयम हाम्रो लागि उत्तम हो र यो मात्रा २३०० मि.ग्रा. भन्दा ज्यादा हुनु हुदैन ।
नुनको वैगुण
नुन अत्यावश्यक खनिज हो तर उच्च मात्रामा नुनको सेवनले रक्तचाप बढाउदछ ।
नुनको उच्चमात्रा ले रक्तचाप बढाउने हुदाँ मुटुरोग र मस्तिष्कघातको खतरा पनि बढ्दछ । नुनको कारणले हुने उच्च रक्तचापलाई लवण संवेदनशील उच्च रक्तचाप भनिन्छ । लवण संवेदनशिल उच्च रक्तचाप भएकाहरुलाई नुन बार्न थाल्दा रक्तचाप कम हुन्छ । तर स्वस्थ व्यक्तिले नुन बार्दा रक्तचापमा खासै फरक पर्दैन । एउटा अनुशंधानले दर्शय अनुरुप स्वस्थ व्यक्तिले नुन छोड्दा सिस्टोलिक रक्तचाप २.४२ mm Hg ले र डायस्टोलिक रक्तचाप १ mm Hg ले घटेको तथ्य पाइएको छ ।
कम नुनको सेवन पनि हानिकारक
शरीरमा नुनको मात्रा ज्यादै कम भयो भने अनेकौ प्रकारका स्वास्थ्य समस्याहरु देखापर्न सक्दछन ।
१. शरीरमा सोडीयमको मात्रा कम भए लो डेन्सिटि लिपोप्रोटिन कोलेष्टेटोल र ट्राईग्लिसवेराइड (TG) को मात्रा बढेको पाइएको छ ।
२. यसैगरी नुन नखाने मुटु रोगीहरु पनि मुटु रोगको कारणले मर्न जाने, हृदय असफल हुने, ईन्सुलिन प्रतिरोधकता बढ्ने जस्ता रोगहरूसँग जोडिएको छ ।
उच्च मात्रामा नुनको सेवन पनि हानिकारक
उच्च मात्रामा नुनको सेवन गर्नेहरूलाई प्रत्यक बर्ष ७,००,००० (सात लाख) मान्छे मार्ने, आमसयको क्यानसर हुने खतरा बढ्दछ ।
१. उच्च मात्रामा नुनको सेवनले पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक व्याक्टेरीयाको बृद्धि गराउदछ ।
२. उच्च नुनको सेवनले म्यूकोसल व्यारीयरलाई कमजोर बनाई पेटको भित्ताहरुलाई प्रदाहात्मक बनाउदछन् ।
३. नुनको उच्च मात्राले सोडीयमका साथ साथै क्लोरिनको पनि उच्चमात्रा शरीरमा थप्दछ । उच्च मात्रामा क्लोरिन लिदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजीज जस्ता रोगहरू लाग्ने र अन्तत्वगत्वा ग्याष्ट्रिक क्यानसरको समस्या देखापर्दछ ।
Like & Follow us on Facebook
४. उच्च मात्रामा नुनको सेवनगर्दा रगतमा नुनको मात्रा बढ्नगई मृगौलालाई भार पर्दछ र मृगौला विकृत हुन सक्दछ ।
५. उच्च मात्रामा नुनको सेवनगर्दा नुनको सोडियमको मात्रा डाइल्यूट गर्न शरीरले अतिरिक्त पानी धारण गर्ने गर्दछ । अतिरिक्त पानीले रगतको मात्रा र बहिर कोषकीय पानीको मात्रा पनि बढाउद छ । यसरी रगतको मात्रा बढ्दा रक्तचाप बढ्न गई मुटु रक्तनलीलाई अतिरिक्त दवाब पर्दछ । रक्तचाप बढ्दा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मृगौलाघात, दृष्टिघात जस्ता समस्याहरू देखापर्दछन् ।
६. उच्च सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकुल असर पुर्याउदछ । उच्च सोडिएमको सेवनले पिसापबाट उच्च मात्रामा क्यालसियम पनि उत्सर्जन गराउने हुदाँ रगतको क्यालसियम नष्ट हुने र यसको पूर्ति गर्न हड्डिबाट क्यालसियम रगतमा आउने हुदाँ हड्डीहरू चाडै खिइने गर्दछ ।
*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।