पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?
मोबाइल आजको युगमा संचारको लागि आवश्यक माध्यम हो । तर कहिलेकाहीँ अचानक मोबाइल फोन पानीमा खसेर बिग्रिन्छ । पानीमा खसेर वा पानी छिरेर मोबाइल बिग्रिएको समस्या त हामीमध्ये धेरैले भोगेका छौँ । पानी छिरेको केही समयमै मोबाइल बिग्रिन्छ र त्यो मोबाइल ठीक हुने सम्भावना अति कम हुन्छ । मोबाइल मात्रै होइन क्यामेरा, ल्यापटप र अन्य विद्युतीय सामानहरु पनि पानीले बिगार्छ । पानीले खास के गर्छ त यस्ता विद्युतीय सामानहरुमा ?
यो पनि पढ्नुहोस्
मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु
मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु
नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु
आइटी. पार्क र यसको अवस्था अन्योल
विद्युतीय शासन।ई-गभर्नेन्स (E-Governance) भनेको के हो ?
विद्युतीय गाउँ/ई-भिलेज (E-Village) भनेको के हो ?
स्मार्ट स्कूल (Smart School) भनेको के हो ?
अनलाइन कारोवार (OnlineTtransaction) भनेको के हो ?
हामीलाई थाहा भएकै कुरा हो, सामान्यतः पानी विद्युतको सूचालक हो । पानीको यही गुणका कारण माछा मार्नको लागि पोखरीमा ‘करेन्ट’ लगाइदिने चलन निकै प्रचलित छ । मोबाइल, क्यामेरा, ल्यापटप जस्ता उपकरणहरु त्यसमा राखिएका ब्याट्रीहरुले प्रदान गर्ने विद्युतीय ऊर्जाका कारण सञ्चालित हुन्छन् । विद्युत खासखास दिशामा प्रवाह हुँदा यी विद्युतीय उपकरणहरुले काम गर्दछन् । तर, यी यन्त्रहरुभित्र पानी छिर्यो भने पानीको कारणले विद्युत प्रवाह हुन नहुने ठाउँहरुमा पनि विद्युत प्रवाह भइदिन्छ । यसले ती यन्त्रहरुलाई स्थायी रुपमा नोक्सान पुर्याउँछ ।
मोबाइलभित्र पानी छिर्दा ब्याट्री तुरुन्त निकालेर मोबाइललाई सुकाउने सल्लाह दिइन्छ किनभने ब्याट्री निकालिसकेपछि मोबाइलभित्र विद्युतीय ऊर्जा प्रदान गर्ने साधन केही पनि नहुने हुँदा पानीले कुनै नोक्सान गर्न पाउँदैन र मोबाईल सुकाएर पुनः ब्याट्री हाल्दा मोबाइलले पहिलेजस्तै काम गर्छ ।