मोबाइल फोन भिज्नबाट जोगाउन यसो गर्नुहोस्
वर्षातको मौसम शुरु भई सकेको छ । यस्तो बेलामा तपाईको मोबाइल फोन लगायतका अन्य ग्याजेट पानीमा भिज्न सक्छ । पानीले भिजेपछि ती ग्याजेट कामै नलाग्ने बन्न सक्छन । त्यसैले,यस्ता बस्तु हरुलाई पानीबाट जोगाउन समयमै साबधानी अपनाउनुपर्ने हुन्छ । यस्तो बेलामा तपाईको मोबाइल फोन वर्षात अवधिभर सुरक्षित बनाउन यी उपायहरु उपयुक्त हुन्छन् । मोबाइल फोन भिज्नबाट जोगाउन यसो गर्नुहोस् ।
यो पनि पढ्नुहोस्
मोबाइल फोन पानीले भिजेमा के गर्ने र के नगर्ने ?
मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्
पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?
मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु
मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु
मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु
नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु
१. इयरफोनको प्रयोग
बर्षातको समयमा कल रिसिभ गर्नुपर्दा फोनलाई बाहिर निकालेर कुरा गर्दा पानी पस्ने वा भिज्ने हुँदा ब्लुटुथ अथवा इयरफोन प्रयोग गर्न सकिन्छ । बजारमा वाटर प्रुफ ब्लुटुथ र हेड्सेट पनि उपलब्ध छन् ।
२. जिप-लक पाउचको प्रयोग
बर्षातमा आफ्नो मोबाइल सेटलाई भिज्नबाट जोगाउन बिशेष प्रकारले निर्माण गरिएको मोबाइल जिप लक खरिद गर्न सकिन्छ। बजारमा सजिलै पाइने जिप–लक पाउच वाटरप्रुफ प्याकेट हो । सस्तो मूल्य, सरल तथा पुनः प्रयोग गर्न सकिने विशेषताहरुका कारण यसलाई वर्षामा मोबाइल तथा ग्याजेटहरू जोगाउन प्रयोग गर्न सकिन्छ ।
३. वाटरप्रुफ मोबाइल ब्याग
मोबाइल नै बोक्न बनाइएका वाटरप्रुफ ब्यागहरु पनि बजारमा प्रशस्त पाइन्छन् । बिशेष सुविधायुक्त यी ब्यागमा फोन राखेर बाहिरैबाट प्रयोग गर्न मिल्छ भने केही ब्यागलाई पाइन्ट वा बेल्टमा बाँध्न मिल्ने सुविधा हुन्छ । यसले गर्दा मोबाइलको सुरक्षामा न्यूनतम ध्यान दिँदा पनि हुन्छ ।
४. बेलुनको छाला
एउटा बेलुन फुलाउने र उक्त फुलेको बेलुनमा मोबाइल टाँसेर थिच्दै क्रमशः बेलुन उल्टो हुने गरी बेलुनभित्र मोबाइल हाल्ने । त्यसो गर्दा फोन बेलुनभित्र छिरेपछि त्यसमा भएको सम्पूर्ण हावा निकालेर बेलुनलाई बाँध्ने । यसबाट पनि फोनलाई पानी र अन्य तरल पदार्थबाट जोगाउन सकिन्छ ।
५. वाटरप्रुफ स्प्रे कोट
बजारमा बिभिन्न ब्रान्डका वाटरप्रुफ स्प्रे उपलब्ध हुन्छन् । उक्त स्प्रे फोनमा छर्किए ६ देखि १२ महिनासम्म फोन वाटरप्रुफ हुन्छ । यसले गर्दा होलीमा पानीको प्रयोग भए पनि मोबाइल सुरक्षित रहन्छ ।
६. सामान्य प्लास्टिक कभर
कम खर्चमै यो समस्या समाधान गर्नु छ भने सामान्य प्लास्टिकले बनेको कभर ब्याग प्रयोग गर्न सकिन्छ । प्लास्टिकबाट बनेका जिप प्याक बजारमा प्रसस्त उपलब्ध छन्। यस्ता प्याकमा पानीका साथै अन्य कुनै तरल पदार्थ पस्दैन ।
७. वाटर प्रुफ मोबाइल फोनको प्रयोग
बजारमा वाटर प्रुफ मोबाइल फोन पनि उपलब्ध छन्। यस्ता मोबाइल सेटमा हल्काफुल्का वर्षा वा सामान्य पानि पर्दा पनि कुनै समस्या हुदैन। केहि महंगा मोबाइल फोन सेटहरु निश्चित तहसम्म वाटर रेसिष्ट वा वार प्रुफसहित बजारमा उपलब्ध छन् ।
८. डिफल्ट कल सेटिग
आफु पानीमा भिजिरहेकोबेला वा फोन रिसिभ गर्न नसकिने अवस्थामा फोन उठाउनु भन्दा कल काटेर पछि कल ब्याक गर्ने वा डिफल्ट फुपमै म्यासेज जाने ब्यबस्था गर्न सकिन्छ। फोन काट्दा स्वोचालित रुपमै कलरको मोबाइल मा जान्छ, जसले गर्दा पछि कल गर्न सकिन्छ अथवा फेरी पछि उसले कल गर्न सक्छ।