जीवन-दर्शन

मानिसले किन बहु-विवाह गर्छन् ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसले किन बहु विवाह गर्छन् ? यो प्रश्न हरेकको मनमा गुञ्जिएको हुन सक्छ । बहु-विवाह गर्नुपर्ने कतिपय अवस्था देखिएको छ । विवाह गरेर लामो समय माइतमा बस्नेहरूको कारणले पनि बहुविवाह हुने गरेका थुप्रै घटना हामीले देख्न सक्छौं । कतिपय महिला कै घमण्डका कारणले गर्दा पनि यस्तो विवाह हुन सक्छ । बहु-विवाहमा पुरूषलाई दोषी ठहराउने यो समाज, कानुनले केवल पुरूषलाई दोष दिएको पाइन्छ । यहाँ हामीले अनुसन्धान गरेर कसको कारणले यस्तो घटना समाजमा घटेको छ बुझ्न आवश्यक भएको छ ।

यो पनि पढ्नुहोस्  

हिन्दू अनुसार विवाहका प्रकार

केटीहरुले आफूभन्दा बढी उमेरको केटासँग विवाह गर्ने कारणहरु

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

मोटी केटीसँग विवाह गर्दा हुने अचम्मका फाइदाहरु

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

हिन्दू धर्ममा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

यी राशि भएका मानिसले प्रेम र विवाह गरे असफल हुन्छन्

विदेशमा अहिले विवाह गरेको २/३ वर्षमै डिभोर्स गरेका घटना हामीले सुन्ने गरेका छौं । जबसम्म एकले अर्कालाई राम्रोसंग बुझ्न सकदैन तबसम्म दाम्पत्य जीवन सफल नहुने निश्चित छ । शंका उपशंकाको कारणले पनि दाम्पत्य जीवन नर्क बन्न सक्छ । गल्ती गर्नेले लाख इमान्दारीता देखाएपनि गल्ती गरेकै हुन्छ । मैले यस विषयमा लामो अनुसन्धान गरेको छु । कसैले बहु-विवाह रहरले गरेको छ भने कसैले करले गरेको पाइन्छ । स्त्री होस् वा पुरूष समान दोषी ठहरछन् । कानुन दुवैलाई समान लागु हुनुपर्छ ।

हरेक महिलाले यो कुरा बुझ्न आवश्यक छ की पुरूष विगार्ने महिला छन् भन्दा खासै फरक छैन । महिलाले पुरूषलाई दिने माया यदि सहि हुदाहुदै पुरूषले गलत गर्छ भने पुरूष कानुनको दोषी ठहरछ । यदि महिलाले पुरूषले दु:ख गरेर खाई नखाई कमाएर घरमा पठाएको हुन्छ त्यस्तो रकम परपुरूषसंग लागेर खर्च गर्ने जस्ता क्रियाकलाप ती महिलाबाट हुन्छ भने सजायको भागी ती महिला पनि हुनेछन् ।

Like & Follow us on Facebook

कुनै पनि महिलाले माइतमै बसेर मुद्धा दिने धम्काउने जस्ता क्रियाकलाप गर्छ भने दुवैको कारण बुझी दोषी महिला भए महिला र पुरुष भए पुरूष दुवैलाई समान कानुनी दायरामा राख्न सकेमा कसैमा अन्याय नहुने देखिन्छ । चाहे छोराछोरी हुन या श्रीमती किन नहोस् पिट्नु गलत हो । आजकाल पुरूषले बाहिरबाट रक्सी खाएर श्रीमती पिट्ने जस्तो क्रियाकलाप गर्छ भने त्यस्ता व्यक्तिलाई सोझै झेल हाल्नु पर्छ । घरमा श्रीमतिलाई नहेरी बाहिर बाहिर घुम्छ भने पनि उ कानुनको दोषी ठहरछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!