स्वास्थ्य

दमको रोगीले के खाने के नखाने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दमको रोग दीर्घकालिन रोग भन्दा खासै फरक छैन । आज हामीले यस्ता रोगीले के खाने नखाने भन्ने विषयमा चर्चा गर्नेछौं । दमको रोग नभई अन्य रोगको लक्षण हो भनिएको छ । दमको विषेश गरि एलर्जीयुक्त खानपानले दम फुल्ने गरेको हुन्छ ।

यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। यस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने खालका तत्त्व र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्द छ त्यसैलाई नै दम भन्दछन् ।

दमको रोग एउटा बंशाणुगत कारण पनि एक मानिएको छ। यदि यो रोग परिवारका अग्रजलाई यो रोग लागेको भए हुने आशंका बढी हुन्छ। दम हुने अर्को कारण पनि छ । वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ । उमेरसँग दमको कुनै सम्बन्ध छैन । यो कुनै पनि उमेरमा हुन सक्छ।

दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ । दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ । यसले सास फेर्न गार्‍हो हुन्छ । यसले हावाको नलीमा जलनसमेत हुन्छ । दमको रोगीले खानपानमा विषेश ध्यान दिन आवश्यक छ । त्यस्ता खाद्य पदार्थ खानुभएन जसले एलर्जी पैदा गरोस् ।

आजको लेखमा हामीले दमको रोगीले के कस्ता खाना खानाले ठिक हुने र के कस्ता खानाले उनलाई असर पुग्ने विषयमा जानकारी पस्कने छौं । पढ्न र सेयर गर्न नभुल्नुहोला । दमको रोगीले हमेसा एलर्जी पैदा गर्ने खालका खानाबाट बच्नु पर्दछ ।

दमको रोगीले खान हुने र नहुने कुराहरु

१. दमको रोगीले मह र लहसुन उपयोगी छ । सकिन्छ भने हप्तामा एकपटक बर्त बस्नु राम्रो भनेको छ ।

२. श्वास दमको रोगीले भिटामिन सी प्रशस्त खानु पर्दछ । यस्ता रोगीले दैनिक १५०० मि.ग्राम दिनमा ३ पटक खानापछि लिनुपर्छ ।

३. दमको रोगी Constipation बाट बच्नुपर्छ । दैनिक ८,१० ग्लास पानी पिउनु पर्छ ।

४. धुलो धुवा र दुम्रपान बाट बच्नु पर्दछ ।

५. पौष्टिक खाना खानु पर्दछ ।

नोट : एलोपैथिकका डाक्टरको भनाईमा दमको कुनै स्थायी औषधि नभएको मान्यता छ । तर दमको रोगको प्रखुम कारण एलर्जी भएको हुनाले यस्ता वस्तुबाट बच्नु सवैभन्दा राम्रो उपचार मानिएको छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

ब्लड प्रेशरबारे बरिष्ट डाक्टर राम बहादुर बोहराको महत्वपूर्ण सुझाव

साइटिका नर्भको समस्याको लक्षण र उपचार

अनिन्द्राको अचूक औषधि मन्त्रद्वारा लाग्नेछ गहिरो निन्द्रा

मृगौला रोग र पत्थरी फाल्ने अचूक औषधी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!