मिलेर एकताको माला उनौँ (मधेशमा बस्ने नेपालीलाई पत्र)
मिलेर एकताको माला उनौँ (मधेशमा बस्ने नेपालीलाई पत्र)
जन्मभूमिको जय जय गान गाएर देशको नै हरदम गरौँ सम्मान !
हे मधेशका नेपाली हामी मधेशलाई मात्र नदिऊँन है हामी ध्यान !!
राष्ट्रसेवाको यो महत्वपूर्ण कडिमा राष्ट्रिय एकता गरौँ है महान !
सिड्गो राष्ट्रको स्वाभिमान जोगाइ बनौ न हामी नेपाली महान !!१!!
मधेशमा बस्ने हरेक नेपालीलाई मनको मेरो हो यो बिन्ति पत्र !
देशले कसरी बोलायो बुझ न हात छातिमा तिमी आफैनै राखेर !!
देशको मान हो यो सगरमाथा पाहाड हो स्वाभिमान यो देशको !
मधेश हो हाम्रो छाती मुटुको राखौँ जोगाई हामी स्वस्थ अपूर्व !!२!!
मिलेर एकताको माला उनौ र देश बनाई इतिहासमा अमर बनौ !
देश त हिमाल पाहाड र तराई हैन सिड्गो देश तिम्रो हाम्रोनै भनौ !!
देश एकताको सुत्रमा बुन्ने र मिलेर यसको मान विश्वमा राख्ने !
यस्तो काम गरेर इतिहासमा अमर नाम तिमीले हो आफ्नो राख्ने !!३!!
मधेस मात्र तिम्रो हैन है बरु यो सिड्गो नेपाल पनि तिम्रो नै त हो !
हेर त फर्केर त्यो हृदयमा हिमाल र पाहाड तिम्रो मुटु नै पो त हो !!
आफ्नो यो मुटुलाई अलग्याउने शोच कसरी तिमीमा आएको हो !
देश अलग्याउने काम राम्रो हैन बरु देश जोड्ने काम तिम्रो नै हो !!४!!
हेर त उत्तरमा फर्की तिमी यो देश तिम्रो कति छ अपूर्व र सुन्दर !
झलमल उत्तरको हिमालमा पर्दछ झुल्कदो घाम यहाँ नै जगमग !!
दक्षिणमा फर्कि हेर त तराइका फाँट छन् कति टम्म अनि सम्म !
यस्तो प्यारो यो सुन्दर देशको स्वाभिमानी नेपाली बन्नु जहाँसम्म् !!५!!
कुनै स्वर्ग गए पनि कतै पाइन्न नेपाल जस्तो देशको सुन्दर धन !
कहिले कहाँ पो भेटिन्छन् पिडामा पनि हाँस्ने हाम्रा नेपाली मन !!
प्यारो र सानो सुन्दर हाम्रो देशमा मिलेर बनेको छ हिमाल पाहाड !
मधेशको छातिमा टेकेर यो देश खडा छ कसरी हाम्रो हिमाल !!६!!
यहि देशको मान तिमीले नराखे रहन्न मान कतै तिम्रो यो जगतमा !
भाइ र भाइ नै नमिले रहन्न कदापि देश प्राचिन लड्कालाई नै हेर !!
दम्भ र शेखिले रावणको त शक्ति भो क्षिण कसरी सकियो घमण्ड !
रामका दाजुभाइ मिल्दामा कहलियो राम राज्य इतिहासमा अपूर्व !!७!!
यो देश कति छ अपूर्व जता हेर्यो भूमि जलले अनि थलले छ सम्बृद्द !
बरु तिम्रा विवेकलाई पोखेर नै देश बनाऊ तिमीले हाम्रो नै यो स्वर्ग !!
कता के के बनाउनु छ अनि निर्माण के के गर्ने हो भन तिमी आफैँ नै !
मधेश; पाहाड र हाम्रो हिमाललाई बरु यातायातले हामी नै जोडौन् !!८!!
हार्नु हुन्न है जित्नु पर्छ हामीले मनको पनि युद्द अव यो देशमा पनि !
मधेसबाट न्यानो हावा आउनु पर्छ है हिमाली पाखा र पाहाडमा अनि !!
युद्द गरौँ हामी भिर पाखामा अनि उद्ध्योग धन्दा खोलौँ न युवाहरुलाई !
पानीमा शक्ति कति छ नापौँ खानीका कुरा मिलेर निकालौ हामीलाई !!९!!
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।