महिला मलामी जानुहुदैन भन्ने धारणा अवैज्ञानिक र अब्यबहारिक
कुनै पनि व्यक्तिको अन्तिम संस्कार हुन्छ, त्यहाँ महिला जाँदैनन् । जब कसैको मृत्यु हुन्छ, शवलाई घरबाट निकालेपछि पुरै घर, आगनलाई सफा गर्दै धुने वा लिपपोत गरिन्छ । अनि मात्रै खानाको लागि सामान तयारी गरिन्छ । घरमा कुनै पनि नकारात्मक शक्ति नरहोस् भन्नका लागि यसो गरिन्छ । यी सबै काम गर्नका लागि महिलाहरु घरमै रहनुपर्ने विश्वास गरिदैँ आएको छ ।
भनिन्छ, अन्तिम संस्कार गरिने ठाउँमा आत्माहरुको वास हुन्छ र ती छटपटाइरहेका आत्मा वा भूत-प्रेतबाट महिलाहरुलाई सबैभन्दा बढी खतरा हुन्छ । यस्ता आत्माहरु कुमारी महिलाहरुलाई निशाना बनाउँछन् । तर यस्तो कुनै धर्मशास्त्रमा लेखिएको भेटिदैन । यी सबै निकै पहिलेदेखि केवल कर्मकाण्डको रुपमा पालना गरिदै आएको छ । कुनै ठोस आधार भने काहिं लेखिएको भेटिदैन ।
हिन्दु संस्कार अनुसार अन्तिम संस्कारमा मृतकको परिवारका सदस्यहरुले कपाल खउरिनुपर्ने हुन्छ । यो प्रथा महिलामाथि लागु नहोस् भन्नका लागि उनिहरुलाई घरमै बस्न लगाइन्थ्यो । त्यस्तै, महिलाको तुलनामा पुरुष केही कठोर हुने र यदि कोही मसान घाटमा रोए, मर्ने व्यक्तिको आत्मालाई शान्ति नमिल्ने भनिन्छ । महिलाहरु भावुक भई धेरै रुने भएकाले उनीहरुलाई अन्तिम संस्कारमा सहभागी नगाराइएको बताइन्छ ।
त्यस्तै, दुष्ट आत्माहरु जीवित प्राणीको शरीरलाई कब्जा गर्ने मौका खोजिरहेको हुन्छ, जसमा साना बच्चाहरु तथा रजस्वाला भएका महिला सहजै शिकार हुन्छन्, भन्ने विश्वास गरिन्थ्यो । यी कारणले गर्दा साना नानी तथा महिलाहरुलाई मसान घाट जाने अनुमति दिइदैनथ्यो । यद्यपी, हिजोआज यस्तो प्रथा केही हदसम्म हटिसक्यो । महिला आफैँले अन्तिम संस्कार गरेको समाचार सुन्नमा वा प्रत्यक्ष देख्नमा पनि पाइन्छ, जुन समयक्रम अनुसार आवश्यक कदम पनि हो।
हिन्दू परम्परा अनुसार कसैको मृत्यु हुँदा पुरुषले नै काँध दिनुपर्छ भन्ने मान्यता अझैं कायम छ । तर पछिल्लो समयमा महिलाहरूले दागबत्ती दिएको र पार्थिव शरीरलाई काँध दिएको देख्ने र सुन्ने गरिएकाे छ । तनहुँ दमौली व्यास नगरपालिका ५ चापाघाटका महिलाहरूले दुई बर्षअघि यस्तै विरलै देखिने र सुनिने उदाहरणीय काम गरेका थिए ।
मानिसको निधनपछि शवलाई काँध दिन आउनेमा कोही पुरुष थिएन । त्यहाँ नेपालीको शवलाई काँध दिने, घाटमा लग्ने र मलामी समेत महिला मात्रै थिए । आश्रममा आश्रय लिएका जेष्ठ नागरिकहरूको सन्तान भनेकै त्यहाँका महिलाहरू हुन् । आश्रममा आश्रय लिईरहेका वृद्धवृद्धाको निधन भए महिलाले नै शव बोक्ने गरेका छन् । केही वर्ष अगाडि पनि एक वृद्धको मृत्यु भएपछि महिलाहरूले नै शव बोकेका थिए । धेरै यूवाहरु गाउँघरवाट रोजगरीको लागि विदेश गएका छन् । अव कसैको मृत्यु भएमा कोहि पुरुष छैनन् भएर दाहसंस्कार नगरी त राख्नु भएर नी । परिस्थितिले बाध्यता सिर्जना गर्दछ ।
आजको बैज्ञानीक युगमा यस्ता सोचहरुमा परिवर्तन हुनु जरुरी छ । हामी(साईन्स इन्फोटेक समुह)पहिला यस्ता सोचहरुको अध्ययन गर्छौ र त्यसमा लुकेको बैज्ञानीक पक्षको शुक्ष्म बिश्लेषण गरी समाज रुपान्तरणको दिशामा सधै प्रयत्नरत हुनेछौ । रुढीबुढीले भनेका र हामीले सुन्दै आएका केहि यस्ता सस्कारहरुमा तिनीहरुमा रहेको व्यवहारिक पक्ष हेर्दा बैज्ञानीक कारण केही केहिमा त पाईएको छ । फेरी आजको बैज्ञानीक युग भन्दै हरेक कुरामा बैज्ञानीक कारण खोज्दै बढी भौतिकवादी हुनु पनि सान्दर्भिक नहोला । समय र परिस्थती अनुसार हाम्रो सोचमा परिवर्तन आउनु जरुरी छ ।
तर जे कारणहरु भएपनि आज नेपालमा महिला र पुरुष अधिकार र क्षमतामा समान हुने क्रममा हुनुका साथै महिलाहरु धेरै सवल र सक्षम पनि भई सकेका छन । यो त हिजोको हाम्रो सोच थियो । नेपालमा महिलाहरु राष्ट्रपति, प्रधानन्यायधिष तथा सभामुख भईसकेका छन । त्यसैले गर्दा महिला मलामी जानुहुदैन भन्ने धारणा पूर्ण रुपमा अवैज्ञानिक छ । समाजमा जरो गाडेर रहेका यस्ता कुरीति, कुसंस्कार र रुढीवादी धारणालाई हटाउनु आजको वैज्ञानिक युगमा टडकारो आवश्यकता छ ।
यो पनि पढनुहोस्