कसरी हाँस्ने व्यक्तिहरुको स्वभाव कस्तो
कसरी हाँस्ने व्यक्तिहरुको स्वभाव कस्तो ! डाक्टरहरुका अनुसार हाँस्दाखेरि अनुहार तथा जिउका अन्य भागका बढि भन्दा बढि मांशपेशीहरु सक्रिय हुन्छन् जुन शरीरलाई स्वस्थ राख्नमा सहयोग बन्दछ । व्इस्त जिवनशैली तथा तनावका कारण मानिसहरुसँग यस्तो फुर्सदको समय निकै कम हुन्छ जहाँ कोही मानिससँग लामो समयसम्म गफिन सकोस्, साथीभाइसँग भेटिरहन सकोस् र पूराना कुराहरु सम्झिएर मज्जाले हाँस्न सकोस् । सायद यहीँ कारणले गर्दा मानिसले आफ्नो तनाव दूर गर्नका लागि योगा गर्न थालेका छन् र योगाका लागि समय निकाल्न बाध्य हुन्छन् । कसरी हास्ने व्यक्तिहरुको स्वभाव कस्तो हुन्छ तल प्रस्तुत गरिएको छ ।
खिल्खिलाएर हाँस्नु
समुन्द्रशास्त्रमा दिएको छ कि जो व्यक्ति हाँस्नमा कन्जुसी गर्दैन् वा पुरा मन लगाएर हाँस्ने गर्छन उनीहरु उत्साही प्रवृत्तिका हुने गर्छन । यस्ता ब्यक्तिहरुको बौद्दिक क्षमता राम्रो हुन्छ अनि सहनशील पनि हुन्छन । उनीहरुको मनमा छलकपटको भाबना हुदैन जरुरत पर्दा सहयोग गर्नमा पनि पछी पर्दैनन उनीहरुको जीवनमा प्रेमको अहम् महत्व हुन्छ ।
अट्टहास लगाएर हाँस्नु
कोहि हाँस्ने गर्दा तेज आवाज निकालेर हास्ने गर्छन, यस्ता व्यक्तिहरु स्वाभिमानी र परिश्रमी हुन्छन । यस्ता मान्छेहरु जिबनमा सफल पनि हुन्छन तर हास्दै गर्दा चेहराको हाउभाउ बदल्ने खालका व्यक्तिहरु चाही अभिमानी हुन्छन ।
मुसुमुसु मुस्काएर हाँस्नु
कोहि कोहि व्यक्तिहरु मुसुमुसु मुस्काएर हाँस्ने गर्छन यस्ता व्यक्तिहरु बुद्दिमान र गम्भिर प्रवृतिका हुन्छन । यस्ता व्यक्तिहरुलाई छिटो रिस उठ्दैन र कठिन परिस्थितिमा धैर्यधारण गर्ने क्षमता हुन्छ ।
रुक्दै हाँस्दै गर्नु
कोही कोही व्यक्तिहरु हाँस्न पनि कन्जुसी गर्ने गर्छन वा कुनै पनि कुरामा केहि समयपछी हाँस्ने गर्छन उनीहरुको बौद्दिक क्षमता सामान्य हुने गर्छ र यस्ता व्यक्तिहरु बिबेकले होइन भाबनामा डुबेर काम गर्ने गर्छन तर बचत गर्ने प्रवृतिका पनि हुन्छन ।
हिहिहिहि गरेर हाँस्नु
समुन्द्रशास्त्रमा यो पनि भनिएको छ कि जो व्यक्ति बनाबटी तरिकाले हाँस्ने गर्छन तिनीहरु मौकापरस्त र धुर्त खालका हुँने गर्छन यस्ता मान्छेहरुको बौद्दिक क्षमता सामान्य हुने गर्छ र यस्ता व्यक्तिहरुमा आँखा बन्द गरेर विश्वास गर्नुहुदैन ।
यो पनि पढ्नुहोस्
हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव
लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु