हेल्थ टिप्स

औषधिको रुपमा पीपलको पातको प्रयोग

औषधिको रुपमा पीपलको पातको प्रयोग ! अथर्ववेदको उपवेद आयुर्वेदमा पीपलका औषधीय गुणहरूका बारेमा उल्लेख गर्दै यसबाट अनेकौं असाध्य रोगहरू निको हुने कुरा उल्लेख गरिएको छ । पीपलको बोट तल बसेर गरिने सबै किसिमका मन्त्र, जप र ध्यान सार्थक र शुभ हुने कुरा शास्त्रहरूमा उल्लेख छ । पीपलको महत्व धार्मिक दृष्टिले मात्रै नभई आयुर्वेद दृष्टिले समेत उत्तिकै ठूलो महत्व छ । आयुर्वेदमा पनि यो बोटको निकै ठूलो महत्व छ । पिपलको पात, फल, डाँठ सबै औषधिका रूपमा प्रयोग गरिन्छ ।

औषधिको रुपमा पीपलको पातको प्रयोग

१. रुघामर्की

पीपलको पातको धूलोलाई पानीमा अलिकति मिश्री मिसाएर पिउँदा रुघामर्की ठीक हुन्छ । वर्षौंसम्म रुघाले सताएको मान्छेलाई पनि यस्तो

काँढाले ठीक पार्छ ।

२. घाउचोटमा

घाउ लागेपछि छिट्टो सुकाउनका लागि पीपलका पातलाई तातो पानीमा राख्नुस् अनि घाउमा लगाउनुस् । यसले घाउ सुकाउन थाल्छ ।

३. पाइताला नरम बनाउन

पीपलको पातबाट निस्कने दूधलाई फाटेको पाइतालामा दल्दा तिनीहरू कोमल र सामान्य हुन्छन् ।

४. नाथ्री फुट्ने

गर्मीमा प्रायः मानिसको नाथ्री फुट्छ । पीपलका ताजा पातको रस निकालेर नाकमा चुहाउनुस् । यसो गर्दा रगत बग्न बन्द हुन्छ ।

५. चाउरी

पीपलको जरालाई पानीमा भिजाएर पिँध्नुस् र यसको पेस्टलाई अनुहारमा दल्नुस् । पेस्ट सुकेपछि अनुहार धुनुस् । यसलाई नियमित

लगाउँदा चाउरी हट्छ । पीपलको बोक्रा वा पात कुटेर त्यसको रस निकालेर छालामा लगाउँदा छाला मुलायम एवं सुन्दर बन्नुका साथै चाउरी

समेत हटाउँछ ।

६. दाद र चिलाउने

दाद र छाला चिलाउने समस्या छ भने पीपलका चार पातहरू चपाई चपाई खानुस् । यसो गर्न सक्नुहुन्न भने पीपलको बोक्राको काँढा

बनाउनुस् र दाद लागेको ठाउँमा लगाउनुस् ।

७. पेट ठीक गर्न

कब्जियत, ग्यास र पेटको समस्यालाई हटाउन पीपलको ताजा पातको जुस बिहान बेलुका पिउनुस् । यो जुसले वात र पित्त पनि ठीक हुन्छ

। पेटसम्बन्धी समस्या छ भने पीपलको फलले राम्रो लाभ पुर्याउँछ ।

८. दम

दमको रोगीका लागि पीपल त वरदानै हो । पीपलको बोक्राको भित्री भागलाई निकालेर सुकाउनुस् । सुकाएपछि धूलो बनाउनुस् र पानीमा

भिजाएर दम रोगीलाई पिलाउनुस् ।

९. हृदय रोग

पीपलको पात, जो हृदय सम्बन्धी रोग भएकाहरुका निम्ती एकदमै लाभदायक हुन्छ । हृदय रोग एवं हृदयघातको समस्यामा पीपलको

पातको रस उपयोगी हुन्छ ।

१०. विषरोधी

पीपलमा विषरोधी क्षमता हुन्छ । कुनै विषालु जीवजन्तुले टोकेमा उक्त व्यक्तिलाई थोरै समयको अन्तरालमा पीपलको पातको रस पिउन

दिँदा विषको प्रभाव विस्तारै कम हुन थाल्छ ।

११. कमलपित्त

कमलपित्त भएको अवस्थामा पीपलको ३-४ वटा पातको रसमा मिश्रीपानीमा मिलाएर दिनमा दुईपटक पिउँदा ४ देखि ५ दिनमै सकारात्मक

असर देखा पर्छ ।

१२. तनाव बिसर्जन

पीपलको पातमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ तसर्थ यसलाई नियमित चपाएर त्यसको रस निल्दा तनाव हट्नुका साथै तरोताजा एवं

ऊर्जावान् महसुस हुन्छ ।

१३. श्वासप्रश्वास

श्वासप्रश्वाससम्बन्धी समस्यामा पनि पीपलले निकै फाइदा पुर्याउँछ । पीपलको बोक्राको भित्री भागलाई सुकाएर धूलो पारी त्यसको सेवन

गर्दा वा पीपलको पातलाई दूधमा उमालेर खाँदा दमका रोगीलाई फाइदा पुग्छ ।

यो पनि पढ्नुहोस्

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व

आयुर्वेदिक दृष्टिकोणमा पीपलको महत्व

तुलसीको धार्मिक महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!