जान्नुहोस् ! कब्जियतको कारण र उपचार
जान्नुहोस् ! कब्जियतको कारण र उपचार । आजकल अधिकांश व्यक्तिहरू कब्जियत रोगको चपेटामा देखिन्छन् । हरेक व्यक्तिलाई २४ घण्टामा एक पटक दिशा खलास हुन आवश्यक छ । यदि २४ घण्टाभित्र दिशा खलास हुदैन भने त्यसलाई कब्जियत भन्दछन् । रोग लाग्नुको पछि यसको पनि ठूलो हात हुन्छ ।
सम्पुर्ण रोगको जड कब्जियत भन्दा पनि खासै फरक पर्दैन । हामीले जति खाना खान्छौं त्यही अनुपातमा दिशा खलास हुनुपर्छ तर हुदैन भने यसले ग्यास्ट्रिक, अल्सर, अरूचि जस्ता समस्या निम्ताउने खतरा बढ्न सक्छ । मोटोपना ल्याउनुमा यस्को ठूलो हात छ ।
यो रोगको परिचय (Definition)
Constipation is insufficient action of the bowels, delay in the passage of the contents of the intestine, causing hard, dry faces (Scybala). – Savill’s System of clinical Medicine
रोगको प्रमुख कारण (Causes)
१. निम्न स्तरको फाइबरयुक्त भोजन अत्याधिक सेवन गर्नाले पनि कब्जियत हुन सक्छ ।
२. शारारिक परिश्रम नगर्ने ठग प्रबृतिको व्यक्तिलाई यो रोग अत्याधिक पाइन्छ भने जसले हरियो सागसब्जी खान रूचाउदैन त्यस्ता व्यक्तिलाई यो रोगले सताउने गरेको छ ।
३. गर्भ अवस्थाको कारणले गर्दा ।
४. औषधिको अत्याधिक सेवनको कारणले गर्दा ।
५. लिभर सम्बन्धी रोगमा ।
औषधि उपचार (Medicinal Treatment)
१. हर्रो, बर्रो, अमलाको मिश्रणलाई त्रिफला भन्दछन् यो औषधि आयुर्वेदिक कम्पनीले तयार गरेर बजारमा ल्याएको छ । नियमित १ चमच औषधि दुधसंग नित्य सेवन गर्नाले यो रोगमा स्थायी फाइदा हुन सक्छ ।
२. इसबगोल भूसि यो औषधि नित्य राती सेवन गर्नाले नियमित दिशा खलास खर्दछ ।
३. ग्लिसरीन सपोजीटरी गुद्धद्वारमा राख्नाले पनि तुरुन्त फाइदा दिन सक्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू