मिलौ जनता र नेता अव
नेतासड्ग जनता र जनतासड्ग नि नेता मिल्नुपर्छ नमिले त नेपाल लग्लान कि त !
जनता अव नेता बनौ; नेता अव जनता बनौ;
कस्तो बन्छ देश अनि देशको विकास गरेर हामी सबैले साथै हेरौँ !!�
हामी आफु आफु फुटने र टुटने अव बानी पनि यस्तो नराम्रो गर्दै नगरौँ!�
नेता अनि जनता दुबै मिलेर हाम्रो देशएक जुट भएर बनाऔँ !!१�
यतिका दिन यो प्यारो देशमा; जे जे भयो हुने जति सबै भै त गयो !
कहिले भुइचालोले ताण्डव देखायो; तहस नहस नै पार्यो !!
कहिले यसरी बाढी र पैरोले महासागर बनेर हामीलाई बगायो ! २
कहिले हामीलाई छिमेकीले; आपत विपतका बेला धरधरी नाकावन्दि लगाएर लगाएर रुवायो !
कहिले नेताहरुको अदुरदर्षिताले गर्दा देशका भुभाग बन्दकी राख्दा धरधरी कति हो कति पिडा दिएर नै रुवायो !!३
आफुहरुलाई ठुला महल जोड्ने क्रममा; जनतालाई घरवार विहिन समेत नै पो बनायो !�
अव त अति भयो भनेर सायद हाम्रो देशको पिडा जति पनि यो बाढिले नै पो त बगायो कि !!४
हो निर्दोष बगेर गए; बाँच्ने रहर कति हुँदाहुँदै; जन्म दिन हिँडेकी आमाको कोखैमा बग्यो कोही;
कोही माटो नभेटेर मनको टुक्रालाई यसै नदिमा बगाइयो !!५��
अव हिजोका कुरा बिर्सिएर जनता र नेता एक बनेर; बनाऔ प्यारो यो राष्ट्र हाम्रो सवल र सुदृढ्�
जलमा; थलमा नभमासम्म पुर्याऊ प्यारो देशको सम्बृद्दि र विकासको गति हाम्रो !!
देशलाई वैज्ञानिक तरिकाले निर्माण गरौँ; एकजुट बनौ र एकजुट गराऔँ सबैलाई !!६��
जम्मा तीनभाइ नेपालीको यस्तो सुन्दर देश छ नि हाम्रो!
जनता पनि कति नै छौँ र झण्डै तीन करोड पुग नपुग थोरै नै कति राम्रो !!
आमा बाबा अग्रज अनि सन्तान दिदी बहिनीको देश हो यो हाम्रो !७��
एकले अर्काको सम्मान इज्जत जतन गर्दै जीवन बिताउनु राम्रो !�
देशको सम्मान जतन गरेर हामी कृषिमा क्रान्ति गरौँ मिलेर राम्रो !!८��
मनको मैलो हामी पनि अव यहि बाढि मै पठाऔँ !�
नेपालीले नेपालीलाई सत्तो सराप �अव नगरौँ !!�
कहिले काहिँ जानी जानी कहिले जान्दै नजानि !�
भुल मानव बाटै हुन्छ अव यस्ता भुललाई मिलेर सुधारौँ पहिले प्यारो यो देश बनाऔँ९��
भाइ फुटे गवारले लुट्छन भन्ने प्राचिन उखानललाई !�
मनमनै मनन गरौँ र एक आपसमा�हामी मिलौ !!१०��
नदिनेले धेरै दिन्छु भन्छ आषा भरोषा धेरै दिन्छ !�
नेपाल भूमि कसैले यदि लिएपछी हामी सबैलाई दास नै बनाउँछ !!
११��स्वाभिमानी हामी नेपाली ;दासत्व हामीलाई स्विकार छैन्; �
दासत्व हामीलाई थाहा पनि छैन ;�दासत्व स्विकार्ने कल्पना नै मनमा छैन !!१२��
देश हाम्रो; भूमि पनि हाम्रो;जननी हाम्री; आकास हाम्रो !�
हिमालका शेर्पा; पाहाड र तराईका सबै जात जाति मिलेको राम्रो !!१३�
आफ्नो देश आफैँ बनाऔ; नेपाली लेपाली एकजुट बनौ !�
नेपालको स्वाभिमान नेपालीले जोगाई !!�
हिमाल पाहाड तराईको विकास गरौँ !!१४
पाहाड र हिमाललाई भुइचालोले सिकायो;�
एकजुट भएर सारा नेपाली मिलेर बसेको राम्रो भनि !�
तराईलाई यो अविरल वर्षा र बाढिले सिकायो �
एकसाथ भएर हिँडेको राम्रो भनि !!१५��
दुई दिनको जीवन हाम्रो कति मोह सम्पतिको यस्तो !�
कृष्णको र रामको भूमि झैँ बनाए हुन्थ्यो कस्तो राम्रो !!१६
लडाईले जित्ने समयमा त जोगिएको प्यारो यो भूमि हो सुन्दर हाम्रो !
वीर नेपालीहरु भनेर लेखिएको हिमाल हाँसेको छ अखण्ड दिप झैँ झलझलाकार हिमाल कति राम्रो !!�१७
शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।