शिवजीलाई प्रसन्न गराउन भक्तहरूले जान्नुपर्ने उपायहरू
यदि तपाईं भगवान शिवको आशिर्वाद प्राप्त गर्न इच्छुक हुनुहुन्छ वा शिवलाई खुशी बनाउन इच्छा छ भने यो विधि अपनाउन म हार्दिक आग्रह गर्दछु । पुजा गर्दा कुन चिजले केका लागि पुजा गर्नाले के फल पाउन सकिन्छ जानौं । आउनुस शिवजीलाई कसरी प्रसन्न गराउन सकिन्छ भन्ने उपायहरू यस्ता छन् :
१. दुवोले पुजा गर्दा आयु बढ्दछ ।
२. धतूराको फूलले पुजा गर्नाले पुत्र प्राप्त हुनुको साथै ज्ञानी धर्मात्मा सन्तानको आगमन हुन्छ ।
३. बेलपत्रले पुजा गर्नाले पापको नाश हुन्छ ।
४. दूधको धार भगवान शिवलाई चढाउनाले धन सम्पत्ति बढ्दै जाने काममा मन लाग्नेछ ।
५. उखुको रसले शिवको पूजा गर्नाले घरमा खुशीको बास हुनेछ नसोचेको प्रगति हुदै जानेछ ।
६. महको धारले शिवको पुजन गर्नाले धनधान्य र सम्पत्ति बढ्दै जानेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
महाशिवरात्रि र आराध्यदेव श्री पशुपतिनाथ