होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति
रक्सीले गर्ने आर्थिक, सामाजिक, व्यावसायिक, नैतिकजस्ता बृहत् क्षेत्रका हानिका अतिरिक्त व्यक्ति विशेषमा पार्ने प्रत्यक्ष प्रतिकूल असरहरू भयावह नै हुन्छन् । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सीले सबभन्दा बढी क्षय पुर्याउने अंग कलेजो हो ।
मदिरा दुर्व्यसनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छोडेपछि विविध समस्यासहित पेटमा पानी जम्मा हुन्छ (जलग्रह) र खोक्दा रगत बान्ता हुन्छ । शारीरिक असरभन्दा पनि मानसिक असर झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश अलिपछि र विस्तारै बढ्दै जान्छ भने मानसिक क्षय दुव्र्यसनको पहिलो चरणबाटै सुरु हुन्छ ।
रक्सीको दुव्र्यसनी काँतर, असभ्य, नकच्चरो बन्छ । रक्सीको दुर्व्यसनी भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी । क्रमश: व्यक्ति सामाजिक, वैचारिक, नैतिक रूपले गिर्दै जान्छ । दुर्व्यसन अत्यधिक गम्भीर हुनथालेपछि मानसिक रोग सुरु हुन्छ । पिउने बानी विस्तारै पर्दै जाँदा बढी आनन्दित हुन मात्रा बढाउँदै रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, रक्सी खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग देखापर्छ ।
सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने, चिड्चिडाहट मात्र हुनसक्छ भने दुव्र्यसन गम्भीर भएको अवस्थामा पागलजस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोगजस्तै मुर्छा पर्ने हुन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।
यो पनि पढनुहोस्
विवाहित महिलाले बढि रक्सी पिउँछन्