स्वास्थ्य

किन कालो चिया नै खाने ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आजकल कालो चियाको प्रयोग बढी हुन थालेको छ । यसको प्रमुख कारण भनेको सेतो चियामा हुने खराब तत्वले ग्याष्ट्रिक उत्पादन गर्दछ भन्ने जनचेतनामा बृद्धि हुनुलाई प्रमुख रूपमा लिइएको छ । कालो चिया अर्थात् ‘ब्ल्याक टी’ संसारभर नै उपभोग हुन्छ ।

कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चीनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् । भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् ।

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् । अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

रातो चिया पिउनुको फाइदा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!