साहित्य-कला

पंधेराको पानी

पंधेराको पानी हजुर पिपल चौतारी
जुनीभरी नटुटोस् है हाम्रो दौंतरी
पाकी झर्यो बेल
पिरती नसंझ लुकामारी खेल

थुन्से बोकी मेलापात हात समाई गयौं,
घांसदाउरामा अलमलिंदै माया प्रिति लायौं,
माथीबाट सुसेलेर माया लाई बोलायौं,
भञ्ज्याङमा सर्माउंदै दुई आँखा जुधायौं,

रोपाईमा रोपाहार र बाउसे भै आयौं,
फुल उठेको मकै मोही आधा आधी खायौं,
खुल्ला आकाश चरन तिर संगै गित गायौं,
लुकी लुकी चिमोटेर माया प्रिति लायौं,

पंधेराको पानी हजुर पिपल चौतारी
जुनिभरी नटुटोस् है हाम्रो दौंतरी
पाकी झर्यो बेल
पिरति नसंझ लुकामारी खेल

*धातामणि पोखरेल साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!