पुदिना र यसका फाइदाहरु
हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाह होला । तर आज हामी पुदिनाले स्वास्थ्यमा पुर्याउने फाइदाका बारेमा जानकारी दिन लागिरहेका छौँ । पुदिना अचारका रूपमा भान्सामा प्रयोग गर्नेदेखि लिएर औषधिका रूपमा पनि प्रयोग हुन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा नै गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा पाइने यो जडीबुटी जुठेल्नामा पनि हुर्काउन सकिन्छ । भान्सामा अचार बनाइने पुदिना ठूला औषधि कम्पनीहरूले धेरै मात्रामा खेती गरेर औषधि बनाउन प्रयोग गर्छन् । पुदिनाका फाइदा यस्ता छन् ।
के हो पुदिना ?
पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने करीब एक सय प्रकारको रहेको बैज्ञानिक अनुसन्धानबाट थाहा भएको छ । र यसलाई सदियौँ देखि औषधिको रुपमा प्रयोग गरिदै आइएको छ ।
के-के मा प्रयोग हुन्छ पुदिना ?
बजारमा पाइने लगभग सबै प्रकारका टुथपेष्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटहरुमा पुदिनालाई एक प्रमुख वस्तुको रुपमा मिसाइएको हुन्छ । सासको ताजगीका लागि मात्रै होइन अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ ।
यो पनि पढ्नुहोस्
पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा पुग्ने फाइदाहरु
हाम्रो गाँउघर खेतबारी वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि असाध्यै उपयोगी वनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ ।
पाचन प्रक्रिया
पुदिना भोक जगाउने वस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाँईलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । किनकी पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।
बान्ता र टाउको दुखाईको समाधान
पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुँघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, भिक्स निधार र नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।
स्वासप्रश्वास र खोकी समस्याको समाधान
पुदिनाको बास्नाले नाक, घाँटी, श्वासनली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका बिरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।
स्तनपानमा देखिने समस्याको समाधान
बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमित प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।
छाला तथा पिम्पल्स
पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी पिम्पल्स हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।
तौल कम गर्न सहयोग पुयाँउछ
यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडै नै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।
मुख स्वस्थ बनाँउछ
प्रायः सबैलाई थाहा भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनाशक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउँछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।
स्मरणशक्ति बढाउँछ
एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।