आँकको ताँन्त्रीक प्रयोग
आँकको ताँन्त्रीक प्रयोग ! हाम्रो नेपालमा यस्ता अनौठा खालका चमत्कारिक जडिबुटी छन् जसको मद्दतद्वारा जीवनलाई नै बदल्न सकिन्छ । सुन्दा अचम्म लाग्न सक्छ र विश्वास पनि नलाग्न सक्छ । तर यस्ता वस्तुमा विश्वासको खाँचो हुन्छ । ताँन्त्रीक जडिबुटीबारे मैले पहिलेदेखि नै प्रकाश पार्दै आएको छु र आगामी दिनमा पनि प्रकाश पार्नेछु ।
यो पनि पढ्नुहोस्
बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?
आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व
धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग
चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग
नेपालका जडिबुटीमा अपार शक्ति छ जसलाई सहि तरिकाबाट प्रयोग गर्न सके नसोचेको सफलता हजुरले उठाउन सक्नुहुनेछ । भनाई छ जहाँ चमत्कार, त्यहाँ नमस्कार, जहाँ विश्वास त्यहाँ स्थायित्व भाव अर्थ पैसाको स्थायित्व होस् थपिदै जाओस भन्ने सोच यदि भएमा आँकको ताँत्रीक प्रयोग गरेर लाभ उठाउन सकिन्छ ।
आँकको जरा : रविपुष्प नक्षत्रमा ल्याएको आँकको जरालाई धुप बालेर दाहिने हातमा बाध्नाले आर्थिक स्थितिमा सुधार हुनेछ ।
आँकको जरा : रविपुष्प योगमा आँकको जरा उखालेर लामो समयसम्म बच्चा नभएको महिलाको कम्मरमा कालो धागोमा बाधेर कम्मरमा बाँध्नाले ग्रह दशा समाप्त गरि बच्चा हुनेछ ।
Like & Follow us on Facebook
आँकको जरा : पटक-पटक मुद्धा खेप्नु परेको भएमा आद्रा नक्षत्रम आँकको जरालाई विधिपूर्बक गलामा पहिरनाले यो समस्या हल हुन्छ ।
नोट : अर्को अंकमा बरको तान्त्रीक प्रयोगबाट के कस्ता चमत्कारिक काम गर्न सक्छ भन्नेबारे प्रकाश पार्नेछौ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्