औषधिको रुपमा बहुउपयोगी हर्रोको प्रयोग
आयुर्वेदिक औषधी पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको हर्रो एउटा फल हो । अमलाको फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फल पकाएको रस गिजाबाट रगत आउने र गिजाको अन्य रोगमा पनि उपयोग गरिन्छ । भुटेको वा पोलको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ ।
हरडको टुक्रो चपाएर खानाले भोक बढ्दछ । सानो हर्रोको टुक्रालाई पानीमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा) नष्ट हुन्छ । अवस्था अनुसार यसलाई जुनसुकै बखत खान सकिने भएपनि यसलाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ ।
यो पनि पढ्नुहोस्
औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग
औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग
औषधीको रुपमा तितेपातीको प्रयोग
औषधिको रुपमा हर्रोको प्रयोग
१. दाद आएमा
हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
२. जण्डिस (कमलपित्तमा)
एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
३. पातलो दिसा
काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ ।
Like & Follow us on Facebook
४. अम्लपित्त
हरडको चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी ) को सिकायत रहन्न । निर्मुल हुन्छ ।
५. कफको सिकायत
हरडको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न ।
६. उल्टी
हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्