अनिद्राको रामबाण औषधी ओखर खानुका फाइदाहरु
ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि-अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।
पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्त्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ । एउटा अध्ययनअनुसार, दिनहुँ ७५ ग्राम ओखर खाए २१ देखि ३५ वर्षसम्मका स्वस्थ पुरुषको समूहमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार हुँदै जान्छ । अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।
ओखर खानुका फाइदाहरु
१. ओखरमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्सका साथै ओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् । जुन गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ ।
२. ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।
३. ओखरमा फ्याटको मात्रा कम हुने भएकाले वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ । ओखर मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।
४. ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।
५. ओखरमा पर्याप्त मात्रामा ओमेगा-३, फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ ।
६. यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।
७. ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।
८. ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
९. ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ । ओखरको प्रयोगले अनावश्यक तौल कम गर्न सकिन्छ ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु
मानव स्वास्थ्यको लागि नरिवल खानुका फाइदाहरू