बच्चाको दाँत किन र्झछ ?
मानव शरीरको एकदमै महत्वपूर्ण अंग हो, दाँत । प्रायः मानिसले दाँतलाई आफ्नो प्राथमिकतामा राख्दैनन् । तर, यसको महत्व खानेकुरा चपाउनदेखि मानिसको सौन्दर्यसम्म जोडिएको हुन्छ । बच्चाको दाँत उमेर बढ्दै गएपछि र्झछ र त्यस ठाउमा नया दाँत पलाउछ । त्यसरी झर्ने दातलाई बोलीचालीको भाषामा दूधेदाँत पनि भन्ने गरिन्छ । बच्चाको दाँत दुई प्रकारले आउँछ । दुधे दाँत र अर्को स्थाई दाँत । पहिलो पटक बच्चा लगभग ५/७ महिनाको उमेरमा दुधेदाँत निस्किन शुरु हुन्छ । २ वर्ष ९ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । त्यसपछि ६ देखि १२ वर्ष उमेरको बीच दुधेदाँत झर्न शुरु भईहाल्छ र स्थाई दाँत आउने क्रम शुरु हुन्छ ।
दाँत आउने समयमा धेरै जसो बच्चाहरुलाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ । यसो हुनुको एउटै कारण बच्चा जन्मने बित्तिकै उनको च्यापु पूर्ण विकसित भई नसक्नु नै हो । बच्चाको उमेर बढ्दै गएर ६ देखि १२ वर्षको उमेरसम्म आइपुग्दा मात्रै उनको च्यापु स्थायी दाँतहरू रहन र अट्न सक्ने गरी विकसित हुन्छ । त्यस अघिका समय अवधिमा बच्चाका दाँतका जराहरू नष्ट हुन थाल्छन् र दूधे दाँतहरू र्झन थाल्छन् । त्यस बीचमा त्यही ठाउँबाट स्थायी दाँत उम्रने प्रक्रिया पनि सुरु भइरहेको हुन्छ र जरा नष्ट भएका दूधे दाँतलाई धकेलेर झार्न थाल्छ ।
बच्चा हुर्कादै गएपछि उनको च्यापु र च्यापुका मांसपेशीहरू पनि विकसित हुादै गइरहेको हुन्छ । त्यो विकासक्रम स्थायी दाँतहरूलाई बाँधेर तथा अटाएर राख्नका लागि आवश्यक अवस्थासम्म आइनपुगुञ्जेल जारी रहेको हुन्छ । यही अवधिबीच नयाँ दाँत उम्रने र त्यो दाँत विकसित हुने क्रम पनि जारी रहेको हुन्छ । यो क्रम सालाखाला १५ देखि १६ वर्षको उमेरसम्म जारी रहन्छ । कसैकसैमा भने दूधे दाँत ढिलो झरेको छ भने अलि बढी समयसम्म पनि यो क्रम जारी रहन सक्छ । दूधे दाँतले स्थायी दाँतका लागि स्थान बनाइदिने काम गरेको हुन्छ । दूधेदाँतले नै हाम्रो च्यापुमा स्थायी दाँत कहाँ रहने भन्ने स्थान निर्धारित गरिदिएको हुन्छ ।
यो पनि पढ्नुहोस्