दुखाई कम गर्ने खालका प्राकृतिक घरेलु औषधिहरु
दुखाई कम गर्ने खालका प्राकृतिक घरेलु औषधिहरु ! शरीर दुख्नुको थुप्रै कारण हुनसक्छ । आज शरीर दुख्ना साथ पेनकिलर खाने बानी छ । पेनकिलर खादा कतिपय अवस्थामा पेनकिलरले फाइदा दिन सक्छ तर यसको पछि अन्य समस्या आउन सक्छ । पेनकिलर सेवन गर्दा ग्याष्ट्रिक पैदा हुने पेट पोल्ने जस्ता समस्या देखिन सक्छ । आज मैले प्राकृतिक हिसाबले दुखाई कम गर्ने खालका नेचुरल औषधिबारे जानकारी पस्कन गइरहेको छु । आजको लेखमा मैले नेचुरल औषधि बारेमा जानकारी पस्कनेछु । सेवन गरेर फाइदा उठाउन सक्नुहुन्छ ।
यो पनि पढ्नुहोस्
औषधीको रुपमा तितेपातीको प्रयोग
नेचुरल पेनकिलर (दुखाई कम गर्ने औषधि)
१. बेसार
बेसारलाई नेचुरल पेनकिलर रेमिडी मान्दछौं । यो औषधिको प्रयोगले दुखाई कम हुन सक्छ । सुन्निएको ठाउँमा बेसारको लेप बनाएर लेप लगाउनाले राम्रो फाइदा गर्दछ ।
२. केरा
केरामा मैग्नीशियम, पोटेशियम र कैल्शियम प्रसस्त पाइन्छ, यसको प्रभावले मांसपेशी दुखाईलाई समेत राम्रो फाइदा गराउदछ ।
३. कफी
कफीको सेवन गराउनाले टाउको मात्र दुख्न निको बनाउन मात्र होइन यसले शरीर दुख्न समेत निको बनाउन राम्रो भुमिका खेलेको छ ।
Like & Follow us on Facebook
४. अदुवा
शारीरिक दुखाइमा र आन्तरिक सूजनमा अदुवाको सेवनले राम्रो फाइदा गर्दछ । अदुवामा जिंजरोल्स पाइन्छ । जिंजरोल्सको प्रमुख भुमिका जोर्नी दुख्ने समस्या हल गर्दछ ।
५. मेथी
मेथीको सेवन गराउनाले जस्तोसुकै जोर्नीको दुखाईमा यसले राम्रो काम गर्दछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्