जौको पानी पिउनुका फाइदाहरु
जौंको प्रयोग प्राय: पुजा-आजामा बढी गरेको पाइन्छ । धार्मिक दृष्टिकोणले जौंलाई पवित्र मानिन्छ । जौंको बारेमा आज मैले मानव स्वास्थ्यमा प्रयोग गर्दा के कस्तो फाइदा हुनसक्छ भन्ने बारेमा प्रकाश पार्न गइरहेको छु । जौंमा भिटामिन बी, आयरन, क्याल्शियम, मैग्नीशियम, मैगनीज, सेलेनियम, जिंक, कॉपर, प्रोटीन, अमीनो एसिड, डायट्री फाइबर्स र एटी आक्सिडेण्ट आदि प्रशस्त पाइन्छ । जौंको पानी बनाएर सेवन गराउनाले अनेक रोगमा राम्रो फाइदा गर्दछ ।
थोरै जौंमा पानी धेरै राखेर २,३ सिटि बजाएर उतार्ने र चिसो भएपछि जौंको पानीलाई बोतलमा भरेर राख्ने ।
यो पनि पढ्नुहोस्
जौको पानी पिउनुका फाइदाहरु
१. यदि पिसाब सम्बन्धि कुनै समस्या देखिएमा जौको पानी पिउने गर्नुस राम्रो फाईदा गर्दछ ।
२. मोटोपना घटाउन पनि यसको प्रयोग हुदै आयको छ । जौको पानी सेवन गर्ने गर्नाले फ्याट घटाएर मोटोपना कम गराउदछ ।
Like & Follow us on Facebook
३. ब्लड कोलेस्ट्रॉल लेवल कम गर्न जौंको पानी उपयोगी भएको छ ।
४. मधुमेहका रोगीलाई पनी जौंको पानी धेरै उपयोगी भएको छ । यसले सुगर लेवल कम गराउदछ ।
५. जौको पानी पिउने गर्नाले शरीर भित्रको विकार तत्व फाल्ने काम गर्दछ । यस्को नियमित प्रयोगले इम्यूनो सिस्टमलाई समेत सुधार गर्ने काम जौको पानीले गर्दछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्