मेरो देशलाई शव्दको सम्मान
कतै यो देशमा छन अनेकौँ,छन्दका लहर झैँ,सुमधुर सुन्दर प्रकृतिका हार !
शान्तिका प्रतिक वुद्ध जन्मिएको यो भूमि; कला र संस्कृति नै त हो यसको शिरको जुहार !!
यो त हो मात्र मेरो देशलाई मेरै शव्दहरुको र मनको मायाँको सम्मान !
मैले कविता लेख्या नै हैन; यो त हो मेरो देशको सानो र सुन्दर मायाँलु रुपको पहिचान !!
यो देशमा कलम समाउनेले पनि बढाउँन मेरो देशको गौरवको हरपल बखान !
विकास, समृद्दि, सत्य र स्वाभिमान मात्र बनोस नेपाल जोगाउने सुनौलो पथको विधान !!
हिमालको गौरव पाएको यो देश; अनेकौ जात जातीको हो सुन्दर दरबार !
एकले अर्कोलाई आफ्नो मानी, गरौँ न जन्मभूमिको विकास हामी लगातार !!
अक्षर चिनेका हामी नेपाली; यो देशको समृद्दि र एकतामा जुटौ !
कर्म पोखेर मिलिजुली खाऔँ; बिकासका लहर यो देशमा अव छिट्टै ल्याऔँ !!
देश टुक्रिए स्वाभिमान हाम्रो छताछुल्ल नै होला फेरी !
समेट्न पछी नसकी हामी कता पुगि पो कसरी रुनुपर्ला कसरी !!
कतै प्रकृतिका रुप नै छन यहाँ ईश्वरका रचना झैँ अपूर्व हज्जारौँ हज्जार !
यसरी हिमाल हाँसेको सुन्दर र अपूर्व देश ,जगतमा छैन कतै भने मैले हज्जारौँ बार !!
यो हिमाल नभए देशको शोभा कता पो रहन्थ्यो होला यसोगरी ?
शिवले ताण्डव नगरे यस्को महिमा रहन्थ्यो होला र कसोगरी ?
यि पहाड नभए फलफूल कताको हामीले चाख्नु पर्थ्यो कहाँ ?
तराईको अन्न नभए पालित हुन्थ्यो यो हाम्रो शरिर नै कहाँ ?
पानी र खानी ,हिमाल हेर्न जाने, संस्कृति हो यस्को, जीवन्त आधार !
नेपाली मिली समृद्द पारौँ, पाइन्न देशको सेवा गर्ने जुनी बारंबार !!
करिव सिड्गो नेपालको महिमा विश्वको महिमासित गाँस्न र दाँज्न सक्छु म !
यसैका भावमा हराएर र यसैको महिमा गाएर दुईछाक खाई हाँसेर मेरो देशमा जीवन काट्न सक्छु म !!
म पहाडकी छोरी हिमाल हेरी वरी तराईको अन्नले पालित पोषित चेली !
मलाई गर्व लाग्छ म नेपालकी छोरी भन्न यो देशको गौरव गाथा कोरी!!
तर मेरो स्वाभिमानले हिमाल पाहाड र तराई म पराईलाई छुन दिन्न !!
हेर्न, धुम्न निम्तो म यो जगतलाई दिन्छु !
मेरो देश झैँ सुन्दर तिम्रो देश छ र यो कुरा म तिन्लाई सोध्छु ?
तर मेरो देशको विकास र समृद्दि अझै भाको छैन भनेर म रुन्न !
अव हातेमालो गरी विकास गरौँ जन्म भूमिको सेवा हुन्न ???
यो देश त मेरो मनको पनि शोभा हो र हो अति नै ठुलो नेपालीको गौरव !
देशलाई नमन छ हृदयका भावले हजारौँ पटक यो शिर झुकाइ सगौरव !!
यो देशको विकासमा जुटौ हामी सबै अव लौ न मिलेर !
एकताको हातेमालो गरौ न सबै मिली लौ न डटेर !!
ती हिमालबाट कलकल बगेका हरेक समृद्द नदीहरुको !
पानी समाई हामी खाउँन कसम कोशी र काली, गण्डकी निर्माणको !!
जनताको साथ हरपल रहोस्, मुलुक बनोस अव समृद्द !
नहोस झै-झगडा नहोस बैरभाव होस सधै यो देश समुन्नत!!
हिमाल,पहाड, तराई एकहोस्,मिलोस् हामी हरेक नेपालीको विचार !
यस्तो हाम्रो असल मन हेर्नलाई जगत आओस यहाँ बरु होस सदाचार !!
एकताको पाठ सिक्न पनि जगतबाट नेपाल नै आउन अरु !
प्राचिन गौरव यो देशको पढुन् स्वाभिमान पढुन भिमशेन अमरको बरु !!
समृद्दि र विकासको नारा अव यो देशको माटोमा कोरियोस्;
हिमाल पाहाड र तराई समृद्द यही खवरनै मात्र लेखियोस् !!
नेपालीको छाती भरी पनि देश समृद्द हो भनि नाम लेखियोस्
कामगरी खाने हर नेपालीलाई कर्म पोख्ने हाम्रो यो देश बनोस् !
नेपाल अव नेपालीको शिरको शोभा भनि जगतमा चिनियोस्
सात प्रदेश समान छन देशमा यहि नै नाराले देश घन्कियोस्
यो देशको नारा बाटो र ब्यानर तुल,भित्ताभरी पनि कोरियोस्
नारा समृद्दि र विकासको अव पहिलो प्राथमिकतामा रहोस् !!१!
अव यो देश नयाँ विकासको मार्ग अपनाएर मात्र चलोस्
देश विकासका नीति नियम बनाएर मात्र जीवन चलोस् !!२!!
सँधै गफ र योजना मात्र बने अव भने यो देशमा काम होस्
सँधै पर आश्रित बन्यौ हामी; अव आत्म निर्भरता नै बढोस् !!
देश हाम्रो हो नीति नियम पनि हाम्रै वौद्दिकमनहरुको बनोस्
कसैको इसारामा हैन जीवन देशको समृद्दिमामात्र बितोस !!३!!
अव राष्ट्रको नारा मात्र देश समृद्दि र विकासको होस्
राष्ट्रिय योजना यस्ता हुन् ; जहाँ देश विकासमात्र होस् !!४!!
हरपल पराइको मुख ताक्ने बानी हर मनबाट अन्त्य होस ;
जुनसुकै योजना मात्र नबनुन् देशमा बनेका योजना कार्यान्वयन हुन !!५!!
देशका योजना र सम्झौता बन्दा नेपाली जनताको संलग्नता रहोस् !!
कहिले पनि योजना अनि सम्झौता देशको हित विपरितको नहोस् !!६!!
खै त हिजोको गौरवमय देश अझै अव गौर्वान्वित बनोस् ;
नेपालीका निधारमाहिमालको नक्सा सुन्दर सँधै अव देखियोस् !!
एउटा आत्मा रमाउने कथाको सुरुआत अव देशमा हुनै पर्छ !
नेपालीको जीवनस्तर सगरमाथा झैँ शिखरसम्म चुलिनु पर्छ !!
देशको हरेक पाटो अव समृद्दिले पनि चुम्नु पर्छ !
विकासका गतिले देशका डाँडा काँडाहरु छुनु पर्छ !!
शिक्षाको चेतना अव यो देशका कुना काप्चामा पुग्नैपर्छ !
असल शिक्षा हरेक नेपालीको पहुँच भित्र हुनै पर्छ !!
पर्यटन,विद्युत, उर्जा र कृषिमा क्रान्ति देशमा अव हुनैपर्छ !
देशको सम्पति बैड्कबाट झिकेर यो देशको विकासमा पोखिनुपर्छ !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।