राजनीति

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

मेरो नेपाल जडिबुटीको खानी रहेछ भन्दा खासै फरक नपर्ने देखिन्छ । यदि यसतर्फ राज्यले पनि आवश्यक प्रवद्र्दन गर्न सके ठूलो उपलब्धि हुनेछ । हामी बेरोजगार होइनौं केवल बेरोजगार बनाइएका मात्र हौं । हामी जनताहरु पनि पट मूर्ख हौँ, हावादारी नेताहरुको पछि लागेर हिड्छौँ, आखिर जति नै सघाएपनि ती नेताहरुले जनतालाई पछि केही गर्ने होइनन् ।

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज नेपाली किन पछि पर्दैछन् यसको मूलकारण हो देखी देखी केहि नबोल्नु वा बोल्न नसक्नु नै हो । विदेशीहरु हाम्रो देशमा आएर जडिबुटीको पहिचान गरेर तिनीहरुको देशमा लगेर डलर कमाउने गर्छन् । हामी भने तिनीहरुको देशमा गएर न्यूनस्तरको काम गर्न बाध्य छौं । कस्तूरीले आफ्नै नाभीमा भएको बास्ना थाहा नपाएर चारैतिर भौतारिएर हिंड्छ रे !

हामी पनि आफ्नै देशमा भएको जडिबुटीको महत्व नबुझेर भौतारी रहेका छौं । जडिबुटीको क्षेत्रमा काम गर्न सके विदेशमा मात्र होइन स्वदेशमा नै डलर कमाउन सकिन्छ । त्यसका लागि हामीले पहिले देशमा भएको जडिबुटीको महत्व बुझ्नुपर्यो र चिन्न सक्नुपर्यो । आज जडिबुटी छ तर भएर पनि हामी भौतारी रहेका छौं ।

हाम्रो नेपालमा गाउँदेखि जंगलसम्म पहाडदेखि तराईसम्म प्राकृतिक सम्पदाले भरिएको छ तर हामी भएर पनि कंगाल छौं । कंगाल बनाउने अरू कोही होइन हाम्रा यिनै नेता हुन नत्र हरेक तल्लो निकायदेखि उच्च शिक्षासम्म जडिबुटी पढाउन सकेको भए ठूलो उपलब्धि हात लाग्ने थियो तर यसो नगर्नु विडम्बना देखिएको छ ।

शिक्षालाई रूपान्तरण गर्दै अनिवार्य नेपाली शिक्षामा ढाल्दै अन्तर्राष्ट्रिय भाषालाई हटाएर पढाइन्छ भने नेपाली पलायन हुने शब्दै आउदैन थियो तर आज नेपालको शिक्षालाई समेत अन्तर्राष्ट्रिय स्तरको बनाएर पनि खासै उपलब्धि हुन सकेको छैन । उपलब्धि त भयो तर युवालाई पलायन गराउन ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!