प्रोस्टेटको समस्या, लक्षणहरू र उपचार
प्रोस्टेटको समस्या, लक्षणहरू र उपचार । प्रोस्टेट पुरूषको प्रजनन प्रणालीमा पाइने एउटा ग्रन्थी हो । यसको आकार सामान्यतया ओखरको दाना जत्रो हुन्छ । यदि यसको आकारमा असमान्य वृद्धि हुन गएमा यस्लाई BPH (Benign Prostatic Hyperplasia) भन्दछन् ।
लक्षणहरू (Symptoms)
१. पटक पटक पिसाब गर्न मन लाग्ने ।
२. पिसाब पोल्ने ।
३. पिसाब फेर्दा दुखाई महसुस हुने ।
४. मुत्रासय पुरा मात्रामा खाली नहुने ।
५. कमजोर मूत्र प्रवाह ।
यो रोग लागेमा कसरी बच्ने
१. दैनिक तरल पदार्थको सेवन २ लिटर भन्दा कम गर्ने ।
२. रक्सी,केफिन र अण्डाको सेवन कम गर्ने वा बन्द गर्ने ।
३. बेलुकाको भोजन पश्चात तरल पदार्थको सेवन नगर्ने ।
४. भिटामिन सि युक्त खाना (गोलभेडा,कागती) आदि साग सब्जी गाजर जस्ता खानाहरू बढी खाने ।
कमसे कम ३ घण्टामा एक वा दुई पटक कोशिस गर्ने र पिसाब गरिसकेपछि एकछिन प्रतीक्षा गर्ने र फेरि पिसाब गर्न प्रयत्न गर्ने (Double Voiding) नियमित हल्का व्याम गर्ने ।
उपचार (Treatment)
१. Prostonum Drops SBL (होम्योपैथीक औषधि ) १०,१५ थोपा औषधि १/४ भाग जति पानीमा राखेर खाने ।
२. स्पेमेन (Spemen) २ गोली दिनमा २ पटक दिने ।
३. Pyridium १ टेब्लेट दिनमा २ पटक दिने ।
४. Testoviron(Testosterone Propionate) 25 mg हप्तामा २ पटकसम्म दिन सकिन्छ।
नोट : उपचार गर्नु पुर्ब डाक्टरसंग परामर्श लिनु भएको खण्डमा राम्रो हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू