बहुमूत्र अत्यधिक पिसाब हुने रोगको लक्षण र उपचार
बहुमूत्र अत्यधिक पिसाब हुने रोगको लक्षण र उपचार । यो रोगलाई पनि सामान्य डायबिटीज रोग अन्तर्गत राखिएको छ । Posterior Pituitary Gland को कमजोरीका कारणले यस्तो समस्या देखिएको हुन सक्छ । यो रोगमा पिसाब अत्यधिक हुने गर्छ । पिसाब रोक्न गारो हुन्छ ।
लक्षणहरु (Symptoms)
१. यो रोग क्रमस बढ्दै जान थाल्दछ ।
२. पिसाब पटक पटक धेरै मात्रामा हुन थाल्दछ ।
३. रोगीको मुख सुक्ने हुन्छ ।
४. पिसाब पानी जस्तै संग्लो हुने गर्दछ ।
५. पाचन शक्ति कमजोर हुदै जान थाल्दछ ।
निदान (Diagnosis )
पिसाबको जाँच र लक्षण बाट यो रोग सजिलै चिन्न सकिन्छ ।
उपचार (Treatment)
यो रोग लागेको थाहा हुना साथ सम्बन्धीत अनुभवी चिकित्सकलाई देखाई उपचार गराउनु पर्दछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्